काठमाडौं, भदौ १९ । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि जनप्रतिनिधि उपभोक्ता अधिकारप्रति जिम्मेवार हुन सकेका छैनन् । जनताको घरआँगनमा पुगेको भनिएका ७५३ सरकारमध्ये हालसम्म सात वटाले मात्र स्थानीय बजार व्यवस्थापन ऐन बनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको वेबिनार कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले…