रोहिणी गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा • Image Khabar Image Khabar


रोहिणी गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा


Imagekhabar
१८ भाद्र २०७७, बिहीबार १९:५१

रोहिणी गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा

भैरहवा, भदौ १८ । बुटवलको रोहिणी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

सहकारीबाट प्राप्त हुने अनुदानका लागि सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले सेवाग्राहीसँग ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

पाण्डेलाई सेवाग्राहीसंग घुस मागेको अडियो र भिडियोका आधारमा पक्राउ गरेको भुषालको भनाइ छ ।

भुषालका अनुसार पाण्डेलाई रोहिणी गाउँपालिका वडा नं २ को कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्