भक्तपुर, जेठ १० । भक्तपुर नगरपालिका वडा नम्बर–९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा ‘पीसीआर’ परीक्षणमा कोरोना संक्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती ‘सिल’ गरिएको छ । भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब संकलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउनेक्रममा ती महिलाको स्वाब संकलन गरी भक्तपुर अस्पतालमार्फत् टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य…