लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, साउन २८ । पर्वतको मोदी गाउँपालिकामा गएको चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा जडित स्थानीयस्तरमा विद्युत् वितरण गर्ने ट्रान्सफर्मरमा खराबी आएपछि सेवा अवरुद्ध भएको हो । मोदी गाउँपालिकाका आठओटा वडा र कुश्मा नगरपालिकाको वडा नम्बर–१४, आर्थर डाँडाखर्कमा वितरित विद्युत् प्रसारणलाइनको ट्रान्सफर्मर जलेका कारण…