ललितपुर, असोज १४ । ललितपुर महानगरपालिकाका नगर प्रहरीलेसाइकल गस्ती सुरु गरेका छन् । साइकल गस्तीको बुधबारदेखि औपचारिक रुपमा शुरुवात गरिएको हो । साइकल लिएर महानगरको गल्ली, टोल र चोकमा पुगेका नगरप्रहरीले महानगरभित्रको फुटपाथ अतिक्रमणलाई रोक्न सुरु गरेका छन् । बिग्रेको सडक, फुटेको ढलको बारेमा रिपोर्टिङ गर्छन् । त्यसैगरी सहरको सरसफाईलाई समेत उनीहरुले प्राथमिकतामा राखेका छन्…