वाग्मती सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न तीन अर्ब लगानी गर्ने « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


वाग्मती सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न तीन अर्ब लगानी गर्ने


0
Shares

काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी गर्ने भएको हो ।

कार्यक्रमलाई व्यवस्थित, सरल, एवं पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।