बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका भारतीय सीमा बन्द गरिएको छ । नगरपालिकाको शनिवार बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउनेक्रम जारी रहेको भन्दै नगरपालिकाले यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए । भारतीय सिमानाका बन्द रहेको…