बिराज रोस्यारा (इमेज) कैलाली, जेठ १९ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सुदूरपश्चिम प्रदेशकी प्रदेशप्रमुख शर्मिलाकुमारी पन्तले सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदाबरीमा हरित, प्रदूषणमुक्त र वन्यजन्तुको सुरक्षित करिडोरसहितको राजधानी निर्माण गरिने…