Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


वडाध्यक्ष घुस लिएको आरोपमा समातिए

बुटवल, जेठ २४ । पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष देवेन्द्र पुनलाई  टोलीले शनिबार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१०, झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख  बुझ्दै गरेका अवस्थामा…