काठमाडौं, भदौ १२ । गोकर्णेश्वर नगरपालिकामा रहेको एकमात्र नगर प्राथमिक अस्पताल तीन दिनदेखि बन्द हुँदा सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकिएको स्थानीयवासीको गुनासो छ । अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि भदौ १० गतेदेखि अस्पताल बन्द छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक खुला भएपनि स्वास्थ्यकर्मीले राम्रोसँग नहेरेको बिरामीको…