Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण

दैलेख, जेठ २६ । कर्णाली प्रदेशमा सोमबार १६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमण देखिएकाहरुमा दैलेखका १०, सल्यानका पाँच र सुर्खेतका एकजना रहेका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६५७ पुगेको छ ।