विराटनगर, असोज ३ । विराटनगर महानगरबासीले उपचारमा आवश्यक रगत निःशुल्क पाउन थालेका छन् । महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी मोरङ शाखासँग सम्झौता गरेर स्थानीयलाई अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन सुरु गरेको हो । विराटनगर महानगरको वार्षिक कार्यक्रमअन्तर्गत् निःशुल्क रगत उपलब्ध गराउने योजनालाई समेटिएको छ । नेपाल रेडकक्रस सोसाइटी, मोरङसँग समन्वय गरेर महानगरबासीलाई…