इलाम, कात्तिक ९ । इलामका माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे सडक कालोपत्रेको काम सुचारु भएको छ । 'लकडाउन'का कारण स्थगित कालोपत्रेको काम करिब छ महिनापछि पुनः सुरु भएको हो । सडकको करिब ६२ प्रतिशत कालोपत्रे काम सम्पन्न भएको इन्जिनियर राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । निर्माण कम्पनी कालिका गजुरमुखी जेभीले पाँच वर्षको अवधिमा चरणगतरुपमा सडक कालोपत्रे गर्ने…