जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता • Image Khabar Image Khabar


जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता


Imagekhabar
५ कार्तिक २०७७, बुधबार १२:५२

जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई टोल टोलमै सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।

कोरोना महामारीका कारण बैंकसम्म पुग्न जोखिम हुने भएकाले उनीहरुलाई घर घर पुगेर भत्ता बितरण गरिएको गाउँपलिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो ।

वडाध्यक्ष र वडा सचिवको रोहवरमा उनीहरुलाई भत्ता वितरण गरिएको हो । घरमै भत्ता पाएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्