पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सालघारीमा आज बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुम्मायक गाउँपालिका–३ रानीगाउँका २४ वर्षीय भीमबहादुर माझीको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो । दुर्घटनामा उनकी श्रीमती २० वर्षीया सुस्मिता माझी घाइते भएकी छन् । उनको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको…