तेह्रथुम । तेह्रथुमका अलैंची कृषकहरु परम्परागत भट्टीकै भर पर्दै आएका छन् । अलैंची खेतीको विस्तार भईरहँदा समेत यहाँका कृषकहरु अझै परम्परागत भट्टीकै भरपर्नु परेको हाे । कृषकहरुले आधुनिक भट्टीको प्रयोग नगर्दा गुणस्तरीय अलैैंची उत्पादन गर्न सकेका छैेनन् । अलैंची खेती यहाँका कृषकहरुको मुख्य आम्दानीको श्रोत भएपनि प्रविधिसँग जोडिन नसक्दा बजार मूल्य भन्दा कम मूल्यमा बिक्री…