
सोलुखुम्बु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा १ हजार ७७ कर्मचारी र शिक्षक खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले निर्वाचनमा खटाइएका कर्मचारीको नामावली प्रकाशन गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतिले जानकारी दिनुभयो । निर्वाचनमा खटिनेमा ४ सय ५० भन्दा बढी शिक्षक र अन्य निजामती कर्मचारी रहेका छन् ।
सोलुखुम्बुमा १ सय २२ मतदान स्थल र १ सय ३५ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५ सय २ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्