ओखलढुंगाका १२ वटा मतदानस्थल अति संवेदनशील « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


ओखलढुंगाका १२ वटा मतदानस्थल अति संवेदनशील


195
Shares

ओखलढुंगा । आगामी मंसिर ४ को निर्वाचनका लागि ओखलढुंगाका १२ वटा मतदानस्थललाई अति संवेदनशील तोकिएको छ ।

जिल्लामा रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्यमा मतदानस्थललाई राखिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानस्थललाई भौगोलिक अवस्था, विगतको निर्वाचनमा भएको गतिविधि र उम्मेदवारको प्रतिस्पर्धालाई हेरेर वर्गीकरण गरिएको हो ।

वर्गीकरण गरिएकै आधारमा अति संवेदनशील र संवेदनशील मतदानस्थललाई विशेष सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ओखलढुंगामा मतदाताको संख्या १ लाख १७ हजार ८ सय ९७ रहेको छ । जसमा पुरुष ५९ हजार ८ सय १५, महिला ५८ हजार ८१ र अन्य १ जना रहेका छन् ।