झापामा निर्वाचनको तयारी अन्तिम चरणमा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

१३ हजार बढी नयाँ मतदाता थपिए

130
Shares

झापा । जिल्ला निर्वाचन कार्यालय झापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाले आज बिहिबार भद्रपुरमा निर्वाचनमा सञ्चार माध्यममको भूमिकाे विषयक कार्यक्रमको आयोजना गर्दै निर्वाचनकाे तयारीका विषयमा जानकारी गराएको हो । जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले निर्वाचकको तयारीका विषयमा जानकारी दिनुभयो ।

गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएर ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता भएको उहाँले बताउनुभयो । झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष मतदाताको संख्या रहेको र महिला मतदाताको संख्या ३ लाख ३२ हजार २ सय ५९ रहेको उहाँले बताउनुभएकाे छ ।

त्यस्तै जिल्लामा ८ जना अन्य समूहका मतदाताको संख्या रहेको उहाँले बताउनुभयाे ।