कर्मकाण्डी बजार अनुगमनले पाँचथरका उपभोक्ता निराश « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


कर्मकाण्डी बजार अनुगमनले पाँचथरका उपभोक्ता निराश


2.691k
Shares

पाँचथर । नेपालीहरुकाे महान पर्व दशैं र तिहार नजिकिएसँगै पूर्वीपहाडी जिल्ला पाँचथरमा बजार अनुगमन तीव्र रुपमा गरिएकाे छ ।

सदरमुकाम फिदिम बजार तथा ग्रामीण भेगका बजारमा कर्मकाण्डी रुपमा बजार अनुगमन गर्न थालिएको हो । चाडपर्वको मुखमा २/४ दिन बजार अनुगमन गर्न थालिएको छ । कर्मकाण्डी बजार अनुगमनले उपभोक्ताकाेहित नगर्ने उपभोक्ताहरुले बताएका छन् ।

कम तौल भएका पसलमा मूल्य सूची नराखिएको, म्याद गुज्रिएका अखाद्य सामान भेटिदा समेत व्यापारीहरुलाई बजार अनुगमनले कडाईको साथ कारबाही गर्न सकेको छैन् । जिल्ला प्रशासन, घरेलु उद्योग विकास समितिको कार्यालय, पाँचथर उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय र फिदिम नगरपालिका लगायतको टोलीले २/४ दिन यता नियमित रुपमा अनुगमन गरिरहेको छ ।

बजार अनुगमनका क्रममा साेही टोलीले म्याद गुज्रिएको अखाद्य वस्तु, पसलमा मूल्य सूची नराखिएको र तोकिएको तौल भन्दा कम मात्रै तौल सामानमा भेटिएको जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रशासकीय अधिकृत रावल सिंहले बताउनुभयो। जसका कारण व्यापारीहरुलाई समेत सचेत गराइएको समेत उहाँले बताउनुभयो ।