काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने जनाइएको छ ।