काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो । उपमहासचिव ज्ञवालीले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताउनुभयो । उहाँले जलवायु संकटका एकमात्र…