२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


अब समय आएको छ, निजामति सेवा ऐन चाँडै पास हुन्छ : प्रधानमन्त्री ओली


715
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनुभयो । उहाँले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने बताउनुभयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिमा पास गरिएको उल्लेख गर्नुभयो । उहाँले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब देश बनाउने समय आएको भन्दै अहिलेको समय बलवान रहेको बताउनुभयो ।