काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनुभएको हो ।…