काठमाडाैं । जेनजी युवाका माग सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालले चासो देखाउनुभएको छ। उहाँले सचिवस्तरीय बैठक बाेलाउदै जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासन सम्बन्धी मागहरूलाई सम्बोधन गर्न सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिनुभएको हाे। प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सचिवहरूको यहि कार्तिक १२ गते बुधबार बसेको बैठकको निर्णयमा गत भाद्र २३ र २४…