Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


निर्वाचन आयोगले क्यान महासंघलाई सोध्यो स्पष्टिकरण (पत्रसहित)


403
Shares

काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान) लाई स्पष्टिकरण सोधेको छ ।

महासंघले आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।आयोगले यहि माघ १७ गतेको सूचना अनुसार २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होईन यदि हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम निर्वाचन आयोगको स्वीकृति लिएर गरिएको हो वा होइन भनी क्यानलाई ४८ घण्टाभित्र स्पष्टिकण दिन भनेको छ ।