Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


स्वास्थ्य बीमामा देखिएको समस्यकाे बारेमा तत्काल जानकारी गराउन सरकारसँग सांसद दाहालकाे माग


182
Shares

काठमाडाैं । ष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गर्नुभएको छ ।

राष्ट्रिय सभाकाे शुक्रबार बैठकको शुन्य समयमा बोल्दै उहाँले सोही माग गर्नुभएको हो । अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले यस सम्बन्धमा के भएको हो भनेर संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाइ थियो । उहाँले सर्वसाधारणलाई धेरै राहत भएको बीमा कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने समेत उहाँले बताउनुभएकाे छ।

प्रधानमन्त्री सुुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।