काठमाडौं । संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ । परिषदको सोमबार बसेको बैठकले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । परिषद्को सिफारिस अनुसार संसदीय सुनुवाईबाट राउतको नाम अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुहुनेछ ।