२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य


442
Shares

काठमाडौं । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

सोमबारको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो ।

सरकारले चालु अधिवेशन अन्त्यका लागि आइतबार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाउनुभएको थियो । राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।