सुशील गैरे कपिलवस्तु । शाक्यकुल विनाशको घटनालाई मूर्तिकलामा उतारिएको छ । कपिलवस्तुको सरगहवामा शाक्यहरुको नरसंहार भएको बुद्धकालिन घटनालाई देशका विभिन्न स्थानबाट जम्मा भएका मूर्तिकारहरुले मूर्तिमा उतारेका हुन् । भगवान गौतम बुद्धको जीवनको उतराद्धकालमा हजारौं शाक्यहरुको नरसंहार भएको स्थान कपिलवस्तुको सरगहवालाई विश्वसामु चिनाउन प्रस्तर मूर्ति कलामा बौद्धकालीन सगरहवाको ईतिहास कोरिएको छ । ईसा पूर्व चौथो शताब्दीमा…