काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र नै मुलुकको विकासको बाधक भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताउनुभएको हो । अध्यक्ष भट्टराईले जटिल भौगोलिक अवस्था र उत्पादनको साधनको कमीको कारणले पनि नेपाल विकासमा अझै पछि परेको जिकिर गर्नुभयो । उहाँले भारतसँग…