१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


नेपाललाई विरामीमुक्त देश बनाउने प्रधानमन्त्री ओलीको उद्घोष


2.067k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विरामीमुक्त देश बनाउने उद्घोष गर्नुभएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब बिरामीमुक्त देश बनाउनका लागि मानिसहरू विरामी नै नहुने गरि काम गर्न निर्देशन दिनुभयो ।

अस्पतालमा आउने विरामीलाई चिकित्सकले राम्रो बोलेर उपचार गरे २५ प्रतिशत व्यथा आफैं निको हुने भन्दै उहाँले विरामीमुक्त देश बनाउन चिकित्सकले मात्र नसक्ने भएकाले नागरिकले पनि आ–आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्नुभयो ।

स्वास्थ्य र शिक्षामा आमुल परिवर्तन गरिने भन्दै उहाँले प्रत्येक नगरिकसम्म शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउने पनि बताउनुभयो । चिकित्सकहरुलाइ देशका विभिन्न स्थानमा गएर बिरामीको सेवा गर्न आग्रह गर्दै नेपाली चिकित्सकको शिर झुक्ने गरि काम नगर्न सुझाव दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानमा गत आश्विन–९ सम्म उतिर्ण भएका एमडी÷एमएस, एमडिएस, एमएस्सी, नर्सिङ, एमपिएच, एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी. एमआटीका ६ सय ५६ जना विद्यार्थी दिक्षित भएका छन् ।