काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा केन्द्रिय समितिको निर्णयहरु जानकारी गराउँदै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फागुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताउनुभएको हो । अभियानमा पार्टी महासचिव, प्रवक्ता, केन्द्रिय…