२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


एउटै प्रधानमन्त्रीले पाँच वर्ष नेतृत्व गर्न सक्ने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा


2.236k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

महामन्त्री शर्माले पाँच वर्ष संसदमात्रै स्थिर रहने नभइ प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताउनु भयो । उहाँले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताउनुभयो । उहाँले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताउनु भयो ।अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताउनुभयो ।

महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने बताउनुभयो । सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुनु नहुने उहाँको टिप्पणी थियो । उहाँले जन्ममितिले नयाँ राजनीतिक दलहरु नभइ प्रवृत्तिबाट राजनीतिक दलहरु आवश्यक रहेको बताउनुभयो । पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताउनुभयो ।

महामन्त्री शर्माले छिमेकी राष्ट्रहरुले जिम्मा लिएका पूर्वाधार निर्माणका कामहरुलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताउनुभयो ।