ताप्लेजुङ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन हुने भएको छ । सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि…