
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्नेकुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री उहाँले अहिले सकरारले कुनै न कुनै संरचना बनाइरहेको र त्यसले जनतालाई सुविधानको ढोका खोल्दा कतिपयलाई असहज भएको बताउनुभयो । उहाँले निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा-व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर रहेको बताउनुभयो । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र बन्दै गरेको नेपाललाई अघि बढाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै लगेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्