काठमाडौं । सवारी चालक अनुमति पत्र वितरण रोकिएको वर्षौ भइसक्यो । स्मार्ट कार्डको अभाव देखाउँदै रोकिएको चालक अनुमतिपत्र वितरण अत्यावश्यक पर्नेहरुलाई मात्रै दिने गरिएको छ । यातायात व्यवस्था विभाग भने सधै छिट्टै कार्ड वितरण सहज हुने भन्न छोड्दैन । १९ लाख मानिसहरु लाइसेन्स लिने प्रतीक्षामा छन् । यो संख्या घट्ने भन्दा बढ्ने क्रम छ ।…