९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउँछौं : सन्तोष परियार


546
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अफ्ठ्याराहरु चिरेर आगामी कदम अघि बढाउने बताउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक परियारले अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतकि पार्टीका जीवनमा यस किसिमका घटनाहरु हुने गरेको बताउनुभयो । उहाँले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रुपमा अघि बढाउने बताउनुभयो ।

प्रमुख सचेतक परियारले पार्टी र खास नेताहरुको जीवनमा यस्ता घटनाहरु हुने गरेको बताउनुभयो ।