काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापन सम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ । राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम् सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन सो पार्टीले आफ्ना सांसदका लागि निर्देशन जारी गरेको हो । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले एक निर्देशन…