Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा गरिवमाथि मात्र प्रहार नगरियोस्ः मनिष झा


0
Shares


काठमाडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले डोजर प्रहार गरिव र निमुखाको आवासमा मात्र नभई सबैमाथि समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उल्लेख समेत गर्नुभयो । सांसद झाले जनकपुरको ९ सय ५० बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो डोजर प्रहार गरिवहरुमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९ सय ५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियामा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ ।’
सरकारले शनिवारदेखि पोखरीको डिल खाली गराउन शुरु गरेको थियो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको छ । 

Skip This