काठमाडौं । कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार बिहानका लागि भूमिपूजा गर्ने साइत निकालिदिएको थियो । पोखरा महामनगरपालिकाले कोटीहोमका लागि अनुमति नदिइएको दाबी गर्दै आएको छ । अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो ।…