काठमाडौं । उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदुषणको भयावह स्थिति सिर्जना भएको बताउनुभएको छ । बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्मा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपसभामुख रानाले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताउनुभयो । उहाँले सामुदायिक जंगलहरुमा लाग्ने डढेलो नियन्त्रण…