काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताउनुभएको छ । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । सभापति देउवाले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा…