काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको अभिव्यक्तिको विरोध गर्नुभएको छ ।प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले विरोध जनाउनुभएको हो । आइतवारको सभाको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने बताउनुभएको थियो ।…