Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


‘भूकम्पीय जोखिम न्युनिकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन’

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पीय जोखिम न्युनिकरणका लागि भूकम्प प्रतिरोधी घर र सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले इतिहासबाट पाठ सिक्दै अब बन्ने घर र संरचनाहरु भूकम्प प्रतिरोधि बनाउनु आजको आवश्यकता भएको बताउनुभयो…