काठमाडौं । नेपाली कांग्रेसकी सांसद रुक्मिणी कोईरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोईरालाले संघ, प्रदेश र स्थानीय तहबिच अधिकारको स्पष्ट विभाजनसहित ऐन कानूनहरू निर्माण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले संघले प्रदेश सरकार र प्रदेशले स्थानीय…