पोखरा, साउन २८ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समीकरणले राजनीतिक प्रस्थानबिन्दू खोजेर अघि बढ्ने बताएका छन् । शुक्रबार कास्कीको लेखनाथमा आयोजित कार्यक्रममा उनले आन्दोलनरत् पक्षका मागहरु सम्बोधनका लागि प्रयास गर्ने पनि बताए । कांग्रेस–माओवादी केन्द्रबीच भएको सातबुँदे र कांग्रेस–माओवादी गठबन्धन र मधेसी मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीनबुँदे सहमतिले…