२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024


लेखा समिति सभापति जनार्दन शर्माले किन दिए राजीनामा ?


0
Shares

                                                             फाइल फोटो
काठमाडौं, साउन २८ । सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले सभापति पद छोड्दा र आउँदा एउटा विधि र मान्यता स्थापित होस् भन्ने हेतुले आफूले पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रतिपक्षले नै समितिको नेतृत्व प्रदान गर्ने परम्परा रहेकाले नेतृत्व गर्न बाटो खुलोस् भने मान्यताकासाथ आफूले राजीनामा दिएको बैठकमा उनले जानकारी दिए ।

सभापति शर्माले शुक्रबार पदबाट प्रस्तुत गरेको राजीनामा बैठकले अनुमोदन गरेको छ ।

सभापति शर्माले भने–‘राजनीतिक परिस्थिति फेरिएसँगै कामको जिम्मेवारी र भूमिका फरक हुने भएको हुँदा आफू सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको हुँ ।’

समितिको सभापतिको जिम्मेवारीमा रहँदा राष्ट्रिय महत्वका र दुरगामी प्रभाव राख्ने निर्णय गरेको बताउँदै उनले यो अवधिमा समितिले स्थापित गरेको विधि र निर्णयले राष्ट्रिय, अन्तर्राष्ट्रिय, जनसरोकार, विकास निर्माण र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

शर्माको जिम्मेवारी अत्यन्तै सन्तुलन, निष्पक्ष र प्रभावकारी भएको भनी सदस्यले उनलाई बधाइज्ञापन गरेका थिए । रासस