काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले संविधान कार्यान्वयन, शान्ति–प्रक्रियाको पूर्णता र संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न सरकार परिवर्तन गरेर नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्नुपरेको बताएका छन् । नेपाल प्रेस युनियनले नवनियुक्त मन्त्रीहरुलाई बधाइ दिन शनिबार मन्त्रीक्वार्टर पुल्चोकमा गरेको कार्यक्रममा मन्त्रीहरुले सत्तामा पुग्नमात्र नभइ एजेन्डाको संस्थागत् विकास गर्दै समस्या समाधानका लागि नयाँ…