वीरगन्ज, साउन २८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेसी दलहरुले संविधानबारे भ्रम फिँजाएको आरोप लगाएका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानले मधेसी जनताका लागि पूरै अधिकार दिएको भन्दै ‘एमालेलाई मधेसविरोधी देखाउन खोजिएको छ’–भने ।
‘दलहरुबीचको सहमतिबाटै समाधान खोज्नुको सट्टा गुहार माग्न विदेश धाउनु गलत’ भएको नेता नेपालको भनाइ थियो ।
कार्यक्रममा लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठ, एमाले पोलिटब्युरो सदस्य डा. वंशीधर मिश्रलगायतले पनि संविधानमा मधेसी जनताको अधिकारबारे प्रस्ट्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्