Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


संविधान संशोधनमा राप्रपाको पूर्णसमर्थन : राणा

काठमाडौं, मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस मुद्दाको सम्बोधनसहित संविधान संशोधन आवश्यक भएको भन्दै अहिले प्रस्ताव गर्न लागिएको संशोधनमा आफ्नो पार्टीको पूर्णसमर्थन रहने बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले संशोधन प्रस्तावमा धेरैभन्दा धेरै दलहरुको सहमति जुटाउनेक्रममा केही ढिलाइ भइरहेको तर्क गरे ।